निन्द्राबाट जगाउने उत्कर्ष मिठो लागयो ।
सधै यस्तै खुसी, पाइरहूँ लागेको थियो,
क्षणभरकै भएपनि त्यो हर्ष मिठो लाग्यो ।
केहिपटक मात्र, मिलन हाम्रो हुन सक्यो,
भेट्नलाइ गरेका ति संघर्ष मिठो लाग्यो ।
तिमीसँग अझै नजिक, हुन बाँकि नै थियो,
मलाई छोड्ने तिम्रो निष्कर्ष मिठो लाग्यो ।
सोचेकै थिइन तिमी बिना, मैले बाच्नु पर्छ,
तिमीले दिएको पिडादायि बर्ष मिठो लाग्यो।