पहिलो रुवाई, पहिलो मुस्कान अनि पहिलो हाँसो ।
तिमी आयौ सन्तानको
रुपमा सपना भयो साचो ।
पहिलो बामे, पहिलो ताते पहिलो कदमको बर्ष,।
बयान गर्ने शब्द छैन, आमा–बाबा हुनुको हर्ष ।
पहिलो चुपचुप, पहिलो सुरुप्प अनि पहिलो गाँस ।
तिम्रा चन्चल हरकतले
ल्यायो परिवारमा सुवास ।
सानो मुटुको ढुकढुकी
ति कोमल हातहरुको स्पर्श
स्वास्थय,सुख र खुसीहरुले तिमीलाई रोजुन सहर्ष ।
तिमीले चालेका
पाईलाहरुले गन्तब्य सधैं भेटाउन्
तिम्रा शब्द कसैलाई
नबिझोस बरु चोट मेटाउन् ।
तिम्रो मुस्कानले फुल
फक्रियोस्, दुबो रमाओस्,
पाईलाहरुले सफलता, हत्केलाले खुसी समाओस् ।