Thursday, December 26, 2024
चिया चालिसा
Monday, June 10, 2024
हाउसवाईफ
सखारैको अलामसँग उठी, भान्छा सम्हाल्यो ।
चिया खाजा बनाएर सन्तान
अङ्गाल्यो ।
छोराछोरी तयार पारी स्कुलमा
पठायो ।
चिया पाक्यो हजुर भन्दै
श्रीमान् जगायो ।
चिया पिउँदै समाचार
पढ्नुहुन्छ वहाँले ।
ओच्छ्यान बाटै बोलाउनु भो
सासू मुमाले ।
ससुरालाई सुगर छ सासूलाई
प्रेसर ।
हजुरबा चैँ दमको रोगी, नुन पानी र बेसार ।
बिहानको भान्छा सकी दिउँसोको
खाजा ।
साँझको ६ बजे नै चाहियो भुजा
ताजा ।
श्रीमान् आए अफिसबाट लखतरान
परेर ।
दिएँ मैले चिया, पानी तयार गरेर ।
लाला बाला खुवाएर होमवर्क पनि
गराएँ ।
आफू सुत्ने बेला सम्म १२ बजाएँ ।
ओहो भोली बिहान मैले छिटो
उठ्नु छ ।
हजुरआमा लिएर मन्दिर पुग्नु छ
।
फेसबुकमा फोटा हेर्छु साथी
सँगी घुमेका।
पढिलेखी जागिर गरी शिखर
चुमेका।
सबै जना सोध्छन् मलाई सो गरी
कट्छ दिन
।
जवाफ आउँछ श्रीमानबाट घरमै
बस्दिछिन् ।
सबको खुसी, स्वास्थ्य अनि गर्नुपर्छ सारा काम ।
तर पनि केही नगरी घर बस्नेमा आउँछ नाम ।
सबै जान्छन् कमाउन, सबै जान्छन् रमाउन ।
म त हजुर सधैँ व्यस्त डाडु
पन्युँ समाउन ।
मैले गर्ने कामहरूका न त नाम
छ न त दाम ।
म त हजुर हाउसवाईफ त्यही मेरो सर्वनाम ।
आफैँलाई पहिलो स्थानमा राखौँ
निकाल केही फुर्सद आफ्नो लागि पनि, बचाउ केही खर्च आफ्नो लागि भनी । कति गर्छौ काम धन्दा ;w}+ मरी मरी, यसो निस्किएर घेराबाट हेर वरिपर...
-
छन्छन् चुराहरुले बिहानीमा तिमीलाई जगाउन पाउँ । भिजेका केश, तप्प चिसो पानी निन्द तिम्रो भगाउन पाउँ । सिउँदोमा सिन्दुर, गलामा पोते प्रिये ...
-
नदेख्दा उस्लाई एकदिन म छटपटिन्छु । पाएर उस्लाई नजिक म लुटपुटिन्छु । तर अहँ म प्रेममा परेकी हैन । नसुनेसम्म उस्को बोली यि कान बौलाउछन...
-
अनगिन्ति आए मलाई प्रेम प्रस्तावका खातहरु । धेरै तेर्सिए मेरा अघि माया लगाउने हातहरु । सुन्दर मुहार नै रोजुरोजु जस्तो लाग्यो मलाई ।...