निकाल केही फुर्सद आफ्नो लागि पनि,
बचाउ केही खर्च आफ्नो लागि भनी
कति गर्छौ काम धन्दा ;w}+ मरी मरी,
यसो निस्किएर घेराबाट हेर वरिपरि
निदाऊँ चैनको निन्द भुलेर सारा जगत्,
म बिना केही हुन्न सोच्नु भ्रम हो फगत।
दुखेका होलान् शरीर यसो आराम गर,
बुढेसकालमा कोही होला नहोला भर
जोड अलिकति सम्पत्ति पछिको लागि,
सहारा बन्दै आउँछन् सबै भागी भागी
स्वास्थ्यको ख्याल गरौँ तन अनि मनको,
मरी हत्ते नगर आफ्नो नभएको धनको।
जहाँ पुग्न मन छ, पाइला त्यतै सार,
गति होस सुस्त तर मानी नहाल हार
यो वर्ष आफूलाई राख पहिलो स्थानमा,
खुसी फुस्फुसाउनेछ आएर तिम्रा कानमा ।