जन्माई, हुर्काई, बढाई,
आफुले खाईनखाई पढाई
बनायौ 'म' आज मलाई
धन्यवाद छ आमा तिमीलाई
यो जिवन दिएकोमा छोरीलाई ।
केहिले जिवनमा खुसी थपे आमा,
आभार छ ति खुसी दिने सबलाई ।
कसैले गल्ती बिना सजायँ नि दिए
तर पनि मेरो गुनासो छैन कसैलाई ।
धन्यवाद छ आमा तिमीलाई
यो जिवन दिएकोमा छोरीलाई ।
फुलले हिर्काउनु ढुंगा हान्नेलाई
भनेर सिकायौ आमा पिडा सहनलाई ।
जिवनमा जति बिपत परेपनि
सहास दियौ यहि समाजमा रहनलाई ।
धन्यवाद छ आमा तिमीलाई
यो जिवन दिएकोमा छोरीलाई ।
राम्रो लाग्यो, लेख्दै जानुस
ReplyDelete