बाराको दुर्गम गाविसको पनि दुर्गम वडामा मेरो घर । स–साना झुपडी घरहरुले बनेको तामाङहरुको एउटा ठूलो बस्ती माझमा हामी एक क्षेत्री परिवार । कमजोर आर्थिक अवस्था भएको परिवार, अझ स्पष्ट भन्नुपर्दा खान लाउन धौ धौ भएको परिवार । आमा ४ बजे सखारै उठेर दैलो पोती, पानी ल्याईवरी, गाइबाखा्रलाई कुँडो पकाइसकेर हामीलाई उठाउनुहुन्थ्यो । आमाले बोलाएको आवाज कानमा पर्नासाथ म जुर्मुराउदै उठ्थें। आमाको स्वर ठूलो थियो । कुखुरालाई आहारा छरेर आह...आह...आह....भनेर बोलाउदा पनि पल्लो गाँउसम्म सुनिन्थ्यो । म आमासँग निकै डाराउँथें तर दाइ भने टेरपुच्छर लाउदैनथ्यो । त्यही भएर त बेलाबेलामा आमाको सिम्कना र झापड् भेटाउथ्यो । आमाले उस्लाई कुटेको झोक फेर्न त्यतीकै पनि मलाई आएर चड्काउथ्यो । सायद त्यती गरेपछि आमाप्रतिको उस्को रिस मथ्र्यो होला, तर बिचरी मेरो के दोष थियो र । आमाले उस्लाई कुटेपछि अब दाइले मलाई कुट्छ भनेर सोचे हुन्थ्यो । म जति कुटाइ खाएपनि मरिगए आवाज निकालेर रुन्नथें । किन कि म रोएको छिमेकीले थाहा पाए भने म आफ्नो घोर बेइज्जत भएको ठान्दथे । म रोएँ भने दाइ “छि सिगाँनी बुडीले ल्यातल्यात सिंगान बगाइ” भन्दै कराउथ्यो । नकराओस पनि किन आँशु भन्दा धेरै सिंगाननै बग्थे मेरा । कहिलेकाहीँ त सिंगान बेलुन जसरी फुलेर लाजैमर्नू पाथ्र्यो ।
Saturday, August 31, 2013
Monday, August 12, 2013
'म'
अहँ म अभिमानी हैन स्वाभिमानी छु ।
अलिकती जिद्दी तर निकै नै ज्ञानी छु।
साधारण छु तर कमजोर पक्कै हैन ।
खास्सै राम्री नभए नि कुरुप पनि छैन ।
बिश्वासघात हुन्छ बिश्वास गर्न छाड्दिन।
सुख रोज्दा पिडा मिल्छ, हतोत्साहीत हुदिन।
मलाई धैर्य गर्न आउछ, अनि सहन आउछ।
एकान्तमा बसी एक्लै आँशुमा बहन आउँछ।
ममा सुन्ने शक्ति छ म सुन्दछु सबका कुरा।
चाहे तिन्का शब्दले नरोपुन किन मनमा छुरा।
हो म मैले लेखे जस्तो छु, तिम्ले देखे जस्तो हैन।
दिउँसै रात पार्न हत्केलाले सुर्य छेके जस्तो हैन ।
अलिकती जिद्दी तर निकै नै ज्ञानी छु।
खास्सै राम्री नभए नि कुरुप पनि छैन ।
बिश्वासघात हुन्छ बिश्वास गर्न छाड्दिन।
सुख रोज्दा पिडा मिल्छ, हतोत्साहीत हुदिन।
मलाई धैर्य गर्न आउछ, अनि सहन आउछ।
एकान्तमा बसी एक्लै आँशुमा बहन आउँछ।
ममा सुन्ने शक्ति छ म सुन्दछु सबका कुरा।
चाहे तिन्का शब्दले नरोपुन किन मनमा छुरा।
हो म मैले लेखे जस्तो छु, तिम्ले देखे जस्तो हैन।
दिउँसै रात पार्न हत्केलाले सुर्य छेके जस्तो हैन ।
Monday, August 5, 2013
आग्रह !
एक नजर हेरिदेउ, हेरिरहुँ लाग्नेछ तिमीलाई ।
एकपटक बेरिदेउ, बेरिरहुँ लाग्नेछ तिमीलाई ।
टेरेर त हेर प्रिये, मेरो मिठो अनुरोध एउटा,
सधैसधै यसरी नै टेरिरहुँ लाग्नेछ तिमीलाई ।
बिताइदेउ केही पलहरु, यो पगलीको साथमा,
नजिकिने बाहाना फेरिरहुँ लाग्नेछ तिमीलाई
भेटेर मलाई गैसकेपछि, आउनेछु याद हरघडी,
राखेर सधैं समिपमा घेरिरहुँ लाग्नेछ तिमीलाई ।
एक नजर हेरिदेउ, हेरिरहुँ लाग्नेछ तिमीलाई ।
एकपटक बेरिदेउ बेरिरहुँ लाग्नेछ तिमीलाई ।
एकपटक बेरिदेउ, बेरिरहुँ लाग्नेछ तिमीलाई ।
टेरेर त हेर प्रिये, मेरो मिठो अनुरोध एउटा,
सधैसधै यसरी नै टेरिरहुँ लाग्नेछ तिमीलाई ।
बिताइदेउ केही पलहरु, यो पगलीको साथमा,
नजिकिने बाहाना फेरिरहुँ लाग्नेछ तिमीलाई
भेटेर मलाई गैसकेपछि, आउनेछु याद हरघडी,
राखेर सधैं समिपमा घेरिरहुँ लाग्नेछ तिमीलाई ।
एक नजर हेरिदेउ, हेरिरहुँ लाग्नेछ तिमीलाई ।
एकपटक बेरिदेउ बेरिरहुँ लाग्नेछ तिमीलाई ।
Subscribe to:
Posts (Atom)
आफैँलाई पहिलो स्थानमा राखौँ
निकाल केही फुर्सद आफ्नो लागि पनि, बचाउ केही खर्च आफ्नो लागि भनी । कति गर्छौ काम धन्दा ;w}+ मरी मरी, यसो निस्किएर घेराबाट हेर वरिपर...
-
छन्छन् चुराहरुले बिहानीमा तिमीलाई जगाउन पाउँ । भिजेका केश, तप्प चिसो पानी निन्द तिम्रो भगाउन पाउँ । सिउँदोमा सिन्दुर, गलामा पोते प्रिये ...
-
नदेख्दा उस्लाई एकदिन म छटपटिन्छु । पाएर उस्लाई नजिक म लुटपुटिन्छु । तर अहँ म प्रेममा परेकी हैन । नसुनेसम्म उस्को बोली यि कान बौलाउछन...
-
अनगिन्ति आए मलाई प्रेम प्रस्तावका खातहरु । धेरै तेर्सिए मेरा अघि माया लगाउने हातहरु । सुन्दर मुहार नै रोजुरोजु जस्तो लाग्यो मलाई ।...