म छु यहाँ धर्तीमा, उनी गगनमा,
म दमनमा बाच्दछु, उनी पवनमा ।
म त रुन्छु, हाँस्छु, दुःख र सुखमा,
उनी सधैँ मौन, बोल्दिनन् मुखमा ।
मलाई चन्द्रमा नभन ।
म फुल्छु, फल्छु, सन्तान जन्माउँछु,
आफन्तहरूको हरियाली बढाउँछु ।
उनी त सबैसँग एक्लिएर टाढा,
म त छु धेरैसँग नजिक र गाढा ।
मलाई चन्द्रमा नभन ।
म हुँ आत्मनिर्भर स्वाभिमानी नारी,
आफ्नै बलले बोक्छु आफ्ना भारी ।
सूर्यको किरणले उनी रातमा बल्छिन्,
सूर्य विना उनी अन्धकारमा गल्छिन् ।
मलाई चन्द्रमा नभन ।
मेरा तन-मनका दाग रहन्नन् जहिल्यै,
तर चन्द्रमाको दाग मेटिन्नन् कहिल्यै ।
उन्का दागहरू साहित्यमा मोडिन्छन्,
मेरा दागहरूलाई चरित्रमा जोडिन्छन् ।
मलाई चन्द्रमा नभन ।
उन्का लागि कैयौँ गीत लेख्न सक्छौ,
चन्द्रमालाई तिमी देख्न मात्र सक्छौ ।
मलाई त तिमी हेर्न, छुन सक्छौ,
जिन्दगीका हरपल सँगै हुन सक्छौ ।
मलाई चन्द्रमा नभन ।
चन्द्रमा शीतलताको हो एक उपमा,
म चिनिन्छु ममता खानीको रूपमा ।
सदियौँदेखि उनी आकाशकी रानी ।
म जुनसुकै बेला हुन सक्छु खरानी ।
मलाई चन्द्रमा नभन ।
म दमनमा बाच्दछु, उनी पवनमा ।
म त रुन्छु, हाँस्छु, दुःख र सुखमा,
उनी सधैँ मौन, बोल्दिनन् मुखमा ।
मलाई चन्द्रमा नभन ।
म फुल्छु, फल्छु, सन्तान जन्माउँछु,
आफन्तहरूको हरियाली बढाउँछु ।
उनी त सबैसँग एक्लिएर टाढा,
म त छु धेरैसँग नजिक र गाढा ।
मलाई चन्द्रमा नभन ।
म हुँ आत्मनिर्भर स्वाभिमानी नारी,
आफ्नै बलले बोक्छु आफ्ना भारी ।
सूर्यको किरणले उनी रातमा बल्छिन्,
सूर्य विना उनी अन्धकारमा गल्छिन् ।
मलाई चन्द्रमा नभन ।
मेरा तन-मनका दाग रहन्नन् जहिल्यै,
तर चन्द्रमाको दाग मेटिन्नन् कहिल्यै ।
उन्का दागहरू साहित्यमा मोडिन्छन्,
मेरा दागहरूलाई चरित्रमा जोडिन्छन् ।
मलाई चन्द्रमा नभन ।
उन्का लागि कैयौँ गीत लेख्न सक्छौ,
चन्द्रमालाई तिमी देख्न मात्र सक्छौ ।
मलाई त तिमी हेर्न, छुन सक्छौ,
जिन्दगीका हरपल सँगै हुन सक्छौ ।
मलाई चन्द्रमा नभन ।
चन्द्रमा शीतलताको हो एक उपमा,
म चिनिन्छु ममता खानीको रूपमा ।
सदियौँदेखि उनी आकाशकी रानी ।
म जुनसुकै बेला हुन सक्छु खरानी ।
मलाई चन्द्रमा नभन ।