अन्जानमा मैले आफ्नो छाता हराएँ ।
जानिजानि उस्ले पनि रेन्कोट लुकायो ।
म रुझ्न चाहे उसँग त्यो दर्के झरीमा,
सहमतीमा उस्ले आफ्ना नजर झुकायो ।
सन्सारनै बिर्सिएर रुझ्यौं हामी मस्तसँग ,
अंकमालको निम्ति उस्ले दुईहात फुकायो ।
भिजेका केश, थरथर कापिरहेका मेरो बदन,
उस्का न्यानो स्वास र स्पर्शहरुले सुकायो ।
रहर थियो धित मरुन्जेल भिज्ने उनिसँग,
सम्हालिएर उस्ले ति सब, रहर पुगायो ।
la la tyo manchhe ko ho .................... good creeation keep it up
ReplyDeletenice (PAVI and KAbi)
ReplyDeleteनाइस
ReplyDeleteराम्रा रहेछन् शव्दहरू ।
ReplyDelete