Wednesday, December 14, 2011

तिमी नै हौ


हरपल मैले जसलाई चाहे, त्यो तिमी हौ ।
हरक्षण मैले जसलाई पाए, त्यो तिमी हौ ।

कहिले हाँसे साथमा म, कहिले रोएँ पनि,
जसको निम्ति आँसु बगाएँ, त्यो तिमी हौ

हर धड्कन स्वास अनि, रक्तकणमा,
पाएर म जसलाई रमाएँ, त्यो तिमी हौ ।

सम्बन्ध झन गाढा हुन्छ, भन्ने विश्वासले,
मनले जसको जुठो खाएँ, त्यो तिमी हौ ।

मेरो एउटै धोको यो, जिन्दगी साथ बितोस्,
भरपरी जसको हात समाएँ, त्यो तिमी हौ ।

हरक्षण मैले जसलाई पाए, त्यो तिमी हौ ।
हरपल मैले जसलाई चाहे, त्यो तिमी हौ ।

सुन आमा, छोरी भ्रूणको कथा

सुन आमा , म आएकी थिएँ , तिमीभित्र। तिमी अस्पताल गयौ , केही कुरा गर्‍यौ , त्यसपछिबाट तिमी किन यति चुप भयौ ? म त खुसी थिएँ , तिम्रो कोख पाउँदा...