Wednesday, June 15, 2016

ओह~~ तिमी मस्तको बैमानी !

















केस केस्राबाट सुरु भएका स्पर्श
काउकुती लगाउँदै सर्दै–सर्दै गए ।
निधार, परेली, गाला र चिउँडो हुँदै,
सुस्तरी–सुस्तरी तलतिर झर्दै गए ।


वरिपरि कोही थिएनन् परपर सम्म । 
थियौ त केवल तिमी, अनि म,
तिम्रा मिठा स्पर्शहरूमा मधहोस्, 
यी आँखाहरू भइदिए झुम्म–झुम्म ।


तिम्रो उपस्थिति, तिम्रो प्रस्तुति,
दर्साऊँ कसरी, अनौठो अनुभूति ।
तिमी सर्दै गयौ, तिमी झर्दै गयौ ।
मेरा घाँटी, छाती, स्तन र नाभी हँुदै,
मलाई जिस्काउँदै, मलाई चिमोट्दै,
मेरो सम्पूर्ण वदनमा तिमी हाबी हुँदै ।


बन्द नयन मेरा, बन्द हुनै चाहिरहे ।
निरन्तर तिम्रो साथ शरीरभरि पाइरहेँ ।
पलभरमै तिमी, ममा चारै तिर फैलियौ ।
म मात्तिए, मैले दुनियाँलाई बिर्सिदिएँ ।
म तिम्रो नशाले, उम्लिएँ अनि बर्सिएँ ।


एकैक्षणमा तिमी रोक्कियौ, निथ्रियौ ।
तर मलाई निथ्रुक्कसँग भिजायौ ।
खैर, म यही नै चाहन्थे तिमीसित,
मलाई धीत मरुन्जेलले रिझायौ ।
बिस्तारै तिमी अलग्गियौ मबाट, 
मैले आँखा उघारेर हेरे यताउति ।
तिमी उघारिएर उज्यालो भएछौ, 
ममा अझै बाँकी थियो काउकुती ।


सरसरती सम्झिएँ पल तिमीसँगको,
लिएछु आनन्द मैले तिम्रो कुस्तै ।
मन हलुका, शरीर पनि हलुका, 
मुस्कुराएँ म, भिजेको वदन पुछ्दै ।
एकैक्षणमा तिमी अदृश्य भइगयौ ।
तर म अझै पनि, थिए पानी पानी ।


ओह~~~~ पानी, तिमी मस्तको बेइमानी ।
आह.~~~ पानी, तिमी मस्तको बेइमानी । 

Monday, June 6, 2016

मिठो अनुरोध !


















बादलझैं यि केशमा रमाउ तर हराएँ नभन । 
यात्रामा आउलान अनेक जंघार, डराएँ नभन।

मायाँ गर भन्यौ तिमीले, मायाँ गर्ने क्रममा 
रिस, घुर्की र आवेग पोखुँला, कराएँ नभन।

साथ तिम्रो म छोड्ने छैन, कुनै मोडमा पनि,
हात मेरा पनि थामिरहनु, लरखराएँ नभन ।

कहिले तिमी डोर्याउनु, कहिले म डोर्याउँला,
डोर्रिनुरडोर्याउनु त प्यार हो, चराएँ नभन ।

कहिले थकाई लाग्ला, कहिले बिरामी परुलाँ,
सहयोगी हात माग्दा काम , अराएँ नभन । 
यात्रामा आउलान अनेक जंघार, डराएँ नभन।

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...