Sunday, October 27, 2013

अहँ म प्रेममा परेकी हैन ;)

नदेख्दा उस्लाई एकदिन म छटपटिन्छु । 
पाएर उस्लाई नजिक म लुटपुटिन्छु । 
तर अहँ म प्रेममा परेकी हैन । 

नसुनेसम्म उस्को बोली यि कान बौलाउछन् । 
जब शुरु हुन्छ बात अनि रहरहरु मौलाउछन् । 
तर अहँ म प्रेममा परेकी हैन । 

छेउ न टुप्पाको गफ गर्दर्छौ हामी कति कति ।
त त र म म हुदा पनि छैन रिसराग रत्ति पनि ।
तर अहँ म प्रेममा परेकी हैन । 

उस्लाई पीडा हुदा पोल्छ यो छाती भत्भती ।
उस्लाई केही भए पुर्याउँली म आफैलाई क्षति ।
तर अहँ म प्रेममा परेकी हैन । 

म उस्को साथमा केबल समय बिताउन चाहन्छु ।
यो जुनीको सारा समय उसँगै रित्याउन चाहन्छु । 
तर अहँ म प्रेममा परेकी हैन । 

म प्रार्थना गर्छु उस्लाई कहिल्यै केही नहोस् ।
म प्रार्थना गर्छु उस्को जिवन फुलोस् फलोस ।
तर अहँ म प्रेममा परेकी हैन । 

यो मनले भन्छ उस्ले सधैभरी मलाई प्रेम गरोस् । 
यो मनले भन्छ यो मनले पनि उस्लाई प्रेम गरोस् । 
तर अहँ म प्रेममा परेकी हैन । 
मलाई कसैसँग प्रेम भएको छैन ।

Saturday, August 31, 2013

म अनि दाइ !

बाराको दुर्गम गाविसको पनि दुर्गम वडामा मेरो घर । स–साना झुपडी घरहरुले बनेको तामाङहरुको एउटा ठूलो बस्ती माझमा हामी एक क्षेत्री परिवार । कमजोर आर्थिक अवस्था भएको परिवार, अझ स्पष्ट भन्नुपर्दा खान लाउन धौ धौ भएको परिवार । आमा ४ बजे सखारै उठेर दैलो पोती, पानी ल्याईवरी, गाइबाखा्रलाई कुँडो पकाइसकेर हामीलाई उठाउनुहुन्थ्यो । आमाले बोलाएको आवाज कानमा पर्नासाथ म जुर्मुराउदै उठ्थें। आमाको स्वर ठूलो थियो । कुखुरालाई आहारा छरेर आह...आह...आह....भनेर बोलाउदा पनि पल्लो गाँउसम्म सुनिन्थ्यो । म आमासँग निकै डाराउँथें तर दाइ भने टेरपुच्छर लाउदैनथ्यो । त्यही भएर त बेलाबेलामा आमाको सिम्कना र झापड् भेटाउथ्यो । आमाले उस्लाई कुटेको झोक फेर्न त्यतीकै पनि मलाई आएर चड्काउथ्यो । सायद त्यती गरेपछि आमाप्रतिको उस्को रिस मथ्र्यो होला, तर बिचरी मेरो के दोष थियो र । आमाले उस्लाई कुटेपछि अब दाइले मलाई कुट्छ भनेर सोचे हुन्थ्यो ।  म जति कुटाइ खाएपनि मरिगए आवाज निकालेर रुन्नथें । किन कि म रोएको छिमेकीले थाहा पाए भने म आफ्नो घोर बेइज्जत भएको ठान्दथे । म रोएँ भने दाइ “छि सिगाँनी बुडीले ल्यातल्यात सिंगान बगाइ” भन्दै कराउथ्यो । नकराओस पनि किन आँशु भन्दा धेरै सिंगाननै  बग्थे मेरा ।  कहिलेकाहीँ त सिंगान बेलुन जसरी फुलेर लाजैमर्नू पाथ्र्यो ।

Monday, August 12, 2013

'म'

अहँ म अभिमानी हैन स्वाभिमानी छु ।
अलिकती जिद्दी तर निकै नै ज्ञानी छु।

साधारण छु तर कमजोर पक्कै  हैन ।
खास्सै राम्री नभए नि कुरुप पनि छैन ।

बिश्वासघात हुन्छ बिश्वास गर्न छाड्दिन।
सुख रोज्दा पिडा मिल्छ, हतोत्साहीत हुदिन।

मलाई धैर्य गर्न आउछ, अनि सहन आउछ।
एकान्तमा बसी एक्लै आँशुमा बहन आउँछ।

ममा सुन्ने शक्ति छ म सुन्दछु सबका कुरा।
चाहे तिन्का शब्दले नरोपुन किन मनमा छुरा।

हो म मैले लेखे जस्तो छु, तिम्ले देखे जस्तो हैन।
दिउँसै रात पार्न हत्केलाले सुर्य छेके जस्तो हैन ।

Monday, August 5, 2013

आग्रह !

एक नजर हेरिदेउ, हेरिरहुँ लाग्नेछ तिमीलाई । 
एकपटक बेरिदेउ, बेरिरहुँ लाग्नेछ तिमीलाई । 

टेरेर त हेर प्रिये, मेरो मिठो अनुरोध एउटा,
सधैसधै यसरी नै टेरिरहुँ लाग्नेछ तिमीलाई ।

बिताइदेउ केही पलहरु, यो पगलीको साथमा, 
नजिकिने बाहाना फेरिरहुँ लाग्नेछ तिमीलाई

भेटेर मलाई गैसकेपछि, आउनेछु याद हरघडी,
राखेर सधैं समिपमा घेरिरहुँ लाग्नेछ तिमीलाई ।

एक नजर हेरिदेउ, हेरिरहुँ लाग्नेछ तिमीलाई । 
एकपटक बेरिदेउ बेरिरहुँ लाग्नेछ तिमीलाई ।

Sunday, July 14, 2013

मनका अनेक चाहानहरु !

कोलाहाल देखी मुक्त भइ एकान्तमा हराउन पाए ।
वायु गति रोकिने गरी ठुलो स्वरमा कराउन पाए । 

यता कचकच उता छेकबार दिक्क लागि सक्यो,  
चरीले झै पखेटा फिजाईं आफुलाई चराउन पाए ।

कोइलीको कुहुकुहुमा आफ्नो थोरै सुरताल मिसाइ,
छहरा खहरेको छन्छन् तालमा नाच्दै गाउन पाए ।

संसारलाई नै वसमा पारी निरन्तर सधै कुदिरहने,
समयलाई च्याप्प रोकि सारा काम अराउन पाए ।

प्रचुर दुख्छ कहिले मन, कहिले हुन्छ प्रचुर खुसी,
हस्तक्षेप नगरी यसलार्ई सिमारेखा तराउन पाए ।






Saturday, July 6, 2013

हामी एक हुन सक्दैनौ

थाहा छ मलाई, म तिमीलाई अब पाउँन सक्दिन।
तर पनि खै किन यो मनलाई सम्झउन सक्दिन।

तिमी मेरो सपना, तिम्रो सपना अरु कोही होला,
जे गरे नि तिमीलाई मेरो नजिक ल्याउन सक्दिन।

फुर्सद पायो कि यो मन कल्पनामा हराउन थाल्छ,
क्षणभरको मेरो कल्पना वास्तवीक तुल्याउन सक्दिन।

कहिलेकाही त तिम्रो यादले तर्कनाका भेल पठाउछन्,
छेक्न खोज्छु मनका बाधँहरु आत्एिर भ्याउन सक्दिन।

छुन नसके नि गगनलाई जाहासुकैबाट देख्न सकिन्छु,
छुन त परै देख्न नि अब, तिम्रो सामु आउन सक्दिन ।

छैन अत्तोपत्तो तिमीलाई, लुकेर तिमीमा डुबुल्किन्छु,
सपनाको हो त्यो मिठास्, बिपनामा रमाउन सक्दिन।

जिवनको अन्तिम प्रहरसम्म संघर्ष जति नै गरे पनि,
सबथोक प्राप्त गरुँली तर तिमीलाई कमाउन सक्दिन।

Tuesday, July 2, 2013

पगली पबी

तिमी हिड्ने बाटोमा आजिवन काडा बन्दिन म ।
लड्दा साथ दिउला तर खाडल चाहि खन्दिन म ।

निरन्तर माया  गरिरहन्छु म जति पर भए पनि, 
त्यो सिवाय अरु केही गर्न पनि त जान्दिन म ।

माया मलाई गर या नगर गुनासो केही रहन्न, 
खन्याउँला म आफ्नै प्रेम नापतौल गन्दिन म ।

जत्रोसुकै भिडमा पनि एउटालाई मैले चुन्न परे,
पहिल्याउछु सुवास तिम्रो,अरु कोही छान्दिन म ।

माया गर्छौ माया गर, ज्यान लिन्छौ ज्यान लेउ,
मर्न पनि तयार छु , मृत्युको डर मान्दिन म ।

आँट तिम्ले गरेको भए, साथ मैले दिने नै थिएँ,
समाजको बाधाअड्चन केही प्रमुख ठान्दिन म ।

Thursday, June 27, 2013

तिम्रो तस्बिर !

जब म एक्ली हुन्छु,
तिम्रो तस्बिर नियाल्छु ।
तिम्रा नयनहरुले जिस्काएझैं लाग्छ । 
म लजाउँछु । 
कहिले समिपमा बोलाएझैं लाग्छ ।
छातीमा लगाउँछु । 
अनि कहिले रिसाएर,
आँखा तरे झैं लाग्छ ।
म डराउँछु ।
अनि फेरी तिम्रा ति हेराइले,
मलाई फुल्याएझैं लाग्छ ।
म फुरुङ्ग हुन्छु ।
र तिमी सँगै छौ भन्ने, 
भ्रममा बाच्ने गर्दछु । 
यसरी तिम्रो त्यो निर्जिव तस्बिरले 
कहिले मत्याउँछ ।
म मात्तिन्छु । 
कहिले लत्याउँछ ।
म लत्तिएर पर पूग्छु।
कहिले अत्याउँछ 
म आफैमा दुख्छु
कहिले अपनाउछ 
म खुसीले पागल हुन्छु 
कहिले हसाउँछ ।
म एक्लै मुस्कुराउँछु।
कहिले रुवाउँछ ।
नयन पुच्छन थाल्छु । 
यसरी तिम्रो त्यो निर्जिव तस्बिर,
मेरो जिउने आधार बनेको छ ।

Wednesday, May 1, 2013

तिम्रो दोहोरो चरित्र !

मेरो बाटो बन्द गरी तिम्रो बाटो फुकाएछौ ।
आफ्नो मन खुसी पार्न मेरो मन दुखाएछौ ।

तिमी आयौ जिन्दगीमा अहोभागी भए म,
तर तिम्ले मेरो शिर नराम्ररी झुकाएछौ ।

बाचेकै थे पहिले पनि आशुँकै साहारामा,
यति धेरै रुवायौ तिमीले गह नै सुकाएछौ ।

मेरा सबै आफन्तलाई प्रेमी भनि चिनाएं,
तर तिम्ले सधै मलाई पर्दा भित्र लुकाएछौ।

बचन तिम्रो पाएरै त प्रतिक्षामा बसेकी थे,
फस्ल्यांगफुस्लुंग पारेर ब्यर्थैमा पो ढुकाएछौ ।

मान्नै पर्छ तिम्रा ति चरित्र र साहासलाई,
जितेर पहिले मेरो मुटु अनि फेरी फुटाएछौ । 

Sunday, April 28, 2013

मेरा मागहरु

छन्छन् चुराहरुले बिहानीमा तिमीलाई जगाउन पाउँ ।
भिजेका केश, तप्प चिसो पानी निन्द तिम्रो भगाउन पाउँ ।

सिउँदोमा सिन्दुर, गलामा पोते प्रिये तिम्रो नामको,
ति भन्दा पनि मायाप्रिती तिमीसित लगाउन पाउँ ।

मुटु भित्र माया लुकाई रिस र घुर्की देखाउँला म,  
कहिले तिमी फकाउनु कहिले म फकाउन पाउँ ।

भाक्ने छैन देवीदेउता हरेक जुनी तिमीलाई पाउन,
लुटपुटीदै तिमीसँगै यो एउटा जिवन कटाउन पाउँ । 

साथमा यात्रा गर्दै हिड्दा कहिले दुःख, कहिले सुख,
मिलेर सुख भोगौला, दुखमा नि आँशु बगाउन पाउँ ।

दिन सकु साथ तिमीलाई तिमीले चाहे भन्दा धेरै,
सम्बन्ध यो नाजुक नहोस हर संकटमा सघाउन पाउँ ।


Monday, February 25, 2013

मिलन बिछोड


तिमी जादाँ छोडेर मलाई मन यो साथमा लिएर गयौ ।
मैले मात्र काहाँ होर आशुँ तिमी ले पनि पिएर गयौ ।

भक्कानो मुटुमा उता पनि फुट्यो यता पनि फुट्यो,
बिछोडमा फुटेको मुटु मिलनको आसले सिएर गयौ ।

नभुल्नु है प्रिये फर्केर आउछु,पर्खेर बस भनेर मलाई,
बिस्वास गाढा यो मनभरी सुटुक्क तिमीले दिएर गयौ ।

जुधेनन आखाँ लाजले हाम्रा मरेन धित हेरेर तिमीलाई,
मिठामिठा सपना र बातमा जिवन मसगँ जिएर गयौ ।

बिस्वास तिमीमा भरिदिए मैले,मबाट घात हुनेछैन भनि,
मनै त हो नि तिम्रो पनि, शंकाको बोझले खिएर गयौ । ♥


2069/11/3 14th feb 2013

Saturday, February 23, 2013

धन्यवाद छ आमा !!


जन्माई, हुर्काई, बढाई, 
आफुले खाईनखाई पढाई
बनायौ 'म' आज मलाई
धन्यवाद छ आमा तिमीलाई
यो जिवन दिएकोमा छोरीलाई ।

केहिले जिवनमा खुसी थपे आमा,
आभार छ ति खुसी दिने सबलाई ।
कसैले गल्ती बिना सजायँ नि दिए
तर पनि मेरो गुनासो छैन कसैलाई ।
धन्यवाद छ आमा तिमीलाई
यो जिवन दिएकोमा छोरीलाई ।

फुलले हिर्काउनु ढुंगा हान्नेलाई
भनेर सिकायौ आमा पिडा सहनलाई ।
जिवनमा जति बिपत परेपनि 
सहास दियौ यहि समाजमा रहनलाई ।
धन्यवाद छ आमा तिमीलाई 
यो जिवन दिएकोमा छोरीलाई ।

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...