Sunday, December 27, 2015

श्रृजना


dedicated to dear friend SRIJANA 










सुख देखेकी, दु:ख बुझेकी ।
गुणहरुको, रसले रुझेकी ।
प्रतिभाकी धनी, कलाकी खानी ।
तिमी त हौ, प्रेरणाकी रानी ।
समभाव तिमीभित्र सब्को भावना ।
किनकी तिमी हौ फरक “श्रृजना”।

कहिले क्यानभासमा रंगहरु पोत्दै ।
कहिले कन्भर्समा खेल मैदान जोत्दै ।
भान्छामा रमाउने गर्दछीन बिदामा ।।
कहिले लुगा सिउने, मेसीन र फित्तामा ।
कहिले मिनिस्कट, डिस्को र डानस ।
छोडिनन् कहिल्यै खुसी हुने चानस ।
तिम्रो कन्ट्याक्टमा, हुने सब्को तिर्सना ।
किन कि तिमी, हौ फरक “श्रृजना”

भो अफिस र कामको, कुरा के लेराउनु,
अफिसमा त उनिसँग, पर्दथ्यो डराउनु ।
मिहेनतमा त उनि, सबेैभन्दा अघि ।
अफिस मै हुन्थिन्, डुबिसक्दा नि रबी ।
महिला र पुरुषमा अन्तर नदेख्ने,
अन्तर गरे कसैले, उस्लाई बिचारले लखेट्ने ।
हास्न हसाउन कसैले, तिमीसँग सिकोस् ।
तिम्रो जिन्दगी सृजु, हासोमा नै टिकोस् ।
सक्दैनौ हामी तिमीलाई, कहिल्यै बिर्सन ।
किन कि तिमी, हौ फरक “श्रृजना” ।

 न हेपिन रुचाउने, न हेपेर रमाउने,
आफ्नै मिहेनतले केही चिज कमाउने ।
चाहान र लक्ष्य तिम्रो, पुरा हुदै जावोस
तिम्रा सिप निखारिदै, छुरा हुदै जावोस् ।
जिवनको यात्रामा जाँहा पुगेपनि
हाम्ले टेक्ने धर्ती सधैं, एउटै हुनेछ ।
यति नजिक भइयो, याँहासम्म आउँदा,
तिम्रो हासो,पिडाले हामीलाई नि छुनेछ ।
बिश्वास छ हामीलाई तिमी माथि यति,
भयौ भने नि तिमी, बिजी अत्ति अत्ति ।
निकाल्छौ समय, हाइ हेल्लेको बाहाना,
किन कि तिमी, हौ फरक “श्रृजना”
किन कि तिमी, हौ  फरक “श्रृजना” 

Tuesday, December 1, 2015

जुन र उनी






Creator: Priyanka Singh 








जब टुकी निभाउन पर्यो, 
किताब बन्द गर्नुपर्ने बाध्यता भयो। 
तर इच्छा त हेर, 
अध्यारोमा टल्केको जुनलाई 
जान दिनन् उन्ले खेर ।
झ्यालबाट जुनको उज्यालो अंगाल्दै, 
पढ्थीन उनी किताबका शब्द भाका हाल्दै ।

पढ्नलाई धेरै परिस्थितीसँग उनी जुधीन् ।
आखिरमा एकदिन आफ्नै खुट्टामा उभीइन् । 
त्यसको लागि कष्ट कति कति उन्ले सहिन् । 
एक्लोपनमा उन्को, उनि आफै बनिन् साथी ।
कहिलेकाही उठ्छ प्रश्न उन्को आफ्नोपन माथी ।

होसमा या बेहोसीमा, या त हो फेरी खामोसीमा
उन्को त्यो पिडामा म पनि निदाउन सकिन ।
उन्को दुखको यो आभास, उन्को खुसीको सुवास,
कस्को होला त त्यो हात, जस्ले दिन्छ उन्लाई साथ ।
जब जुनलाई देख्छु उन्लाई सम्झिन्छू । 
जब उन्लाई देख्छु म जुनलाई सम्झिन्छू । 

Monday, September 7, 2015

मन भो हजुर










तिम्ले पिएको आधा चुरोट तान्ने मन भो हजुर,
त्यो मनभित्र को रहस्य , जान्ने मन भो हजुर।

सुस्त–सुस्त बढ्दैछन् तिमी प्रतिका चासो मेरा,
आज आइ तिम्लाई आफ्नो ठान्ने मन भो हजुर।

न त बाक्लो भेटघाट हाम्रो न दोहोरो हुन्छ बात,
तर सबको भिड्मा तिम्लाई छान्ने मन भो हजुर।

त्यता पनि तिम्रो मनमा हलचल हुन्छ यदि भने,
तिमीसँगै मेरो यो जिन्दगी, धान्ने मन भो हजुर ।

भोगौला नि, दुखः सुख, मिलीजुली साथ साथ,
तिम्रै साथमा लगनगाठों बान्ने मन भो हजुर ।  

Friday, June 26, 2015

तिमी, म अनि झरी












अन्जानमा मैले आफ्नो छाता हराएँ ।
जानिजानि उस्ले पनि रेन्कोट लुकायो ।

म रुझ्न चाहे उसँग त्यो दर्के झरीमा,
सहमतीमा उस्ले आफ्ना नजर झुकायो । 

सन्सारनै बिर्सिएर रुझ्यौं हामी मस्तसँग ,
अंकमालको निम्ति उस्ले दुईहात फुकायो ।

भिजेका केश, थरथर कापिरहेका मेरो बदन, 
उस्का न्यानो स्वास र स्पर्शहरुले सुकायो ।

रहर थियो धित मरुन्जेल भिज्ने उनिसँग,
सम्हालिएर  उस्ले ति सब, रहर पुगायो । 

Saturday, January 24, 2015

पहिलो सरस्वती माता "आमा"

आमा सधैं ब्यानैं उठि सारा काम सकाएर ।
मेरा लागि पोषीला र मिठा कुरा पकाएर ।
जान्न स्कलु भनेर रुँदा नि मायाले फकाएर।
कोरीबाटी चिटिक्क पारी सधै स्कुल पठाएर ।
मास्टरसबाले देको पाठ आफ्नै अघि रटाएर । 

एक रुप्पे डलर दिन्थीन बाको आँखा छलाएर ।  
नपढ्नाले दुख पाको अनेक कथाहरु खराएर ।  
कहिले लडाएर त कहिले टाउकोमा चढाएर । 
खेल्न पनि नदि-नदि, अक्षरमा आँखा गढाएर ।
आज म साक्षर भाछू, उनैले बढाएर, पढाएर।

स्कुल जाने प्रेरणा नपाउँदो हुँ त मैले । 
स्कुल जाने वातवरण नदेको भा तिम्ले ।
आजको दिनमा यसरी,
के पो सम्झिन्थे होला र सरस्वतीलाई ।
सरस्वती पुजाको अनुभव, 
के सुनाउन पाउँथे र साथीभाइलाई ।
त्यसैले आमा,
तिमी मेरो पहिलो प्रेरणाको खानी ।
तिमी मेरो पहिलो विधाको रानी ।
तिमी मेरा लागि संसार बुझ्ने ज्ञाता ।
तिमी नै मेरो पहिलो सरस्वती माता ।

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...