Thursday, November 20, 2014

मलाई चन्द्रमा नभन

म छू याहाँ धर्तीमा, उनी गगनमा,
म दमनमा बाच्दछु, उनि पवनमा ।
म त रुन्छू, हांस्छु, दुःख र सुखमा,
उनी सधै मौन, बोल्दिनन् मुखमा ।
मलाई चन्द्रमा नभन ।

म फुल्छू, फल्छु, सन्तान जन्माउँछु,
आफन्तहरुको हरियाली बढाउँछु  ।
उनी त सबैसँग एक्लिएर टाढा,
म त छु धेरैसँग नजिक र गाढा ।
मलाई चन्द्रमा नभन ।

म हुूँ आत्मानिर्भर स्वाभीमानी नारी,
आफ्नै बलले बोक्छु आफ्ना भारी ।
सुर्यको किरणले उनी रातमा बल्छिन्,
सुर्य विना उनीे अन्धकारमा गल्छिन् ।
मलाई चन्द्रमा नभन ।

मेरा तन-मनका दाग रहन्नन् जहिल्यै,
तर चन्द्रमाको दाग मेटिन्नन् कहिल्यै ।
उन्का दागहरु साहित्यमा मोडिन्छन्,
मेरा दागहरुलाई चरित्रमा जोडिन्छन् ।
मलाई चन्द्रमा नभन ।

उन्का लागि कैयौं गित लेख्न सक्छौ,
चन्द्रमालाई तिमी देख्न मात्र सक्छौ ।
मलाई त तिमी हेर्न,  छुन सक्छौ,
जिन्दगीका हरपल सँगै हुन सक्छौ ।
मलाई चन्द्रमा नभन ।

चन्द्रमा शितलताको हो एक उपमा,
म चिनिन्छु ममता खानीको रुपमा ।
सदियौंदेखि उनी आकाशकी रानी ।
म जुनसुकै बेला हुन सक्छु खरानी ।
मलाई चन्द्रमा नभन । 

Wednesday, November 12, 2014

अहिल्यै जिउँ जिन्दगी

नकुर तिमी गर्मी याम जाडो मै रमाउ ।
नकुर तिमी जाडो याम गर्मी मै रमाउ ।
नजप तिमी उस्को नाम यसैसँग रमाउ ।
नकल्प तिमी त्यस ठाँउ यहि नै रमाउ ।
किन कि
जिन्दगी को के भर, आज हो कि भोली,
मृत्यु के ले,कस्लाई थाहा रोग या गोली ।

पहाड चढ्नेहरु सबले शिखर चुम्दैनन् ।
मैदान हिड्नेहरु सबले क्षितिज छुदैनन् ।  
बधाई देउ उस्लाई पाइला शुरु गरेकोमा 
हारे नि एक लडाई, कैयौ युद्ध जितेकोमा ।   
किन कि 
जिन्दगी को के भर, आज हो कि भोली ।
मृत्यु के ले, कस्लाई थाहा रोग या गोली ।

समय सधै सहि नै हुन्छ माया गर्छु भन्न । 
मनमा भाका सारा कुरा आजै भन टन्न ।
यो जिवनमा प्रेम दिवश आउँछ आउदैन, 
मनको कुरा मुखले बोल्न पाउँछ पाउँदैन ।
किन कि 
जिन्दगीको के भर, आज हो कि भोली,
मृत्यु के ले,कस्लाई थाहा रोग या गोली ।

आफुलाई खुशी पार्न दुखाई अर्को आत्मा,   
निमेषका ति सन्तुष्टी के रहन्थ्यो साथमा ।
सबै भन्दा गाह्रो कार्य मनको बोझ थाम्न,
नकुर भोली,भोली गल्तिको माफि माग्न ।
किन कि 
जिन्दगीको के भर, आज हो कि भोली,
मृत्यु के ले,कस्लाई थाहा रोग या गोली ।

आजको दिन राखेर आन्द्राभुँडी खाली,
नसाच्नु भोलीलाई पाकिसकेको बाली ।
सकिदैन देख्न भोली, आजैको दिनमा,
अहिल्यै हो अन्त्य हाम्रो जिउँ क्षणक्षणमा ।
किन कि 
जिन्दगी को के भर, आज हो कि भोली,
मृत्यु के ले, कस्लाई थाहा रोग या गोली ।

रुने, हास्ने, कराउने, घृणा र मन पराउने,
तराई, पहाड, हिमाल र भिरपाखामा हराउने ।
मनका सबै भावहरु अनुभुत गर मर्नु अघि, 
शरिरलाई यतै छाडी आत्मा अन्तै सर्नुअधि ।
किन कि 
जिन्दगी को के भर, आज हो कि भोली,
मृत्यु के ले,कस्लाई थाहा रोग या गोली ।

Saturday, October 25, 2014

मलाई स्विकार्य


परिस्थितीले सिकाएको पाठ, मलाई स्विकार्य ।
मायालुले नै लगाएको बात, मलाई स्विकार्य ।

मनले अह्यो, मैले जिएँ, पलभरको जिन्दगी,
होसको या बेहोसीको मात, मलाई स्विकार्य ।

छैन मलाई पश्चाताप मैले गरेका कर्महरुमा
सपनामा तिमी देखिएका रात, मलाई स्विकार्य ।

रहरहरुलाई सार्थक गर्न कल्पनामा म डुबिरहें,
सपना टुट्दा परेको आघात, मलाई स्विकार्य ।

मन दिएँ जस्लाई जिवन उसैलाई दिने अठोटें,
अस्विकारको कारण भो जात, मलाई स्विकार्य ।

आफ्नै कर्म, सोच र ब्यवहामा बिस्वास गर्थे म ,
तर आज भाग्यले गर्यो पक्षपात, मलाई स्विकार्य ।

दुनियाको पर्वाह नगरी जस्लाई मैले शिरमा राखें,
छातिमा उसैले हानेको  लात, मलाई स्विकार्य ।

Tuesday, October 21, 2014

नया जिन्दगी












धेरै ढिला भो तैपनि मैले जिन्दगीलाई जिउन सिकेंं । 
समयले मागे अनुसार आँशुका ढिकाहरु पिउन सिकें । 

हाँसेर तिमी मनमा बस्यौ, अनि छुरा धसेर हिडयौं,
नदेखिने ति चिराहरुलाई जसोतसो मैले सिउन सिकें । 

धोको पुर्याई रुन,कराउन एकान्त पनि पाइएन कतै
रोई आँखा सुन्नाएर, सर्दिको बाहाना गरी छिउन सिकें । 

सम्झिन्न भन्छु, सम्झन्छ यो मन असहय ति पिडाहरु, 
भरिन्छन् आँखा तर पोखिन दिन्न परिेलीले लिउन सिकें 

रमाउने चाहाना, पुरयाउने बाहाना, पराइमा खोजीरहें,
अपेक्षा सब उपेक्षा गरे, अनि आफ्नै नङ्ग्रा खिउन सिकें । 

 धेरै ढिला भो तैपनि मैले जिन्दगीलाई जिउन सिकेंं । 
समयले मागे अनुसार आँशुका ढिकाहरु पिउन सिकें ।


writen on Tuesday 21 October 2071/ 4 kartik 2071  

Monday, August 25, 2014

मायाको गाँठो










सम्झेर मात्र मायालुलाई नपुग्ने रहेछ मायामा । 
बाहिरी चोट जत्रो भए नि नदुख्ने रहेछ मायामा। 

कसैलाई पत्तै नदिई खुसुक्क प्रिती गासें पछि,
रहस्य जति छोपे पनि नलुक्ने रहेछ मायमा । 

दुईटा मुटु बाध्नलाई लहरा डोरी केही नचाहिने, 
कस्सिए पछि एकपटक नफुक्ने रहेछ मायामा । 

तगारो अनेक तेर्साई रोक्न खोज्छन् प्रेमका दुश्मन,
पहाड नै खसे पनि शिर, नझुक्ने रहेछ मायामा । 

मिलनमा, बिछोडमा, दुखमा, सुखमा, अनि यादमा
आँशु जति नै बगाए पनि  नसुक्ने रहेछ मायामा ।


बिद्रोह कतिकति परिवार, आफन्तहरु र समाजको,
भरोसामा अडिएको सम्बन्ध नरुक्ने रहेछ मायामा ।

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...