Thursday, November 20, 2014

मलाई चन्द्रमा नभन

म छू याहाँ धर्तीमा, उनी गगनमा,
म दमनमा बाच्दछु, उनि पवनमा ।
म त रुन्छू, हांस्छु, दुःख र सुखमा,
उनी सधै मौन, बोल्दिनन् मुखमा ।
मलाई चन्द्रमा नभन ।

म फुल्छू, फल्छु, सन्तान जन्माउँछु,
आफन्तहरुको हरियाली बढाउँछु  ।
उनी त सबैसँग एक्लिएर टाढा,
म त छु धेरैसँग नजिक र गाढा ।
मलाई चन्द्रमा नभन ।

म हुूँ आत्मानिर्भर स्वाभीमानी नारी,
आफ्नै बलले बोक्छु आफ्ना भारी ।
सुर्यको किरणले उनी रातमा बल्छिन्,
सुर्य विना उनीे अन्धकारमा गल्छिन् ।
मलाई चन्द्रमा नभन ।

मेरा तन-मनका दाग रहन्नन् जहिल्यै,
तर चन्द्रमाको दाग मेटिन्नन् कहिल्यै ।
उन्का दागहरु साहित्यमा मोडिन्छन्,
मेरा दागहरुलाई चरित्रमा जोडिन्छन् ।
मलाई चन्द्रमा नभन ।

उन्का लागि कैयौं गित लेख्न सक्छौ,
चन्द्रमालाई तिमी देख्न मात्र सक्छौ ।
मलाई त तिमी हेर्न,  छुन सक्छौ,
जिन्दगीका हरपल सँगै हुन सक्छौ ।
मलाई चन्द्रमा नभन ।

चन्द्रमा शितलताको हो एक उपमा,
म चिनिन्छु ममता खानीको रुपमा ।
सदियौंदेखि उनी आकाशकी रानी ।
म जुनसुकै बेला हुन सक्छु खरानी ।
मलाई चन्द्रमा नभन । 

1 comment:

तिमी गयौ सबथोक गयो

तिमी गयौ कसैलाई खबरै नगरी, जाँदाजाँदै चैनका प्रहर लग्यौ ।  आफ्नाहरुको माझमा, हाँस्ने खेल्ने रमाउने, सपना र रहर लग्यौ ।  ...