Wednesday, November 12, 2014

अहिल्यै जिउँ जिन्दगी

नकुर तिमी गर्मी याम जाडो मै रमाउ ।
नकुर तिमी जाडो याम गर्मी मै रमाउ ।
नजप तिमी उस्को नाम यसैसँग रमाउ ।
नकल्प तिमी त्यस ठाँउ यहि नै रमाउ ।
किन कि
जिन्दगी को के भर, आज हो कि भोली,
मृत्यु के ले,कस्लाई थाहा रोग या गोली ।

पहाड चढ्नेहरु सबले शिखर चुम्दैनन् ।
मैदान हिड्नेहरु सबले क्षितिज छुदैनन् ।  
बधाई देउ उस्लाई पाइला शुरु गरेकोमा 
हारे नि एक लडाई, कैयौ युद्ध जितेकोमा ।   
किन कि 
जिन्दगी को के भर, आज हो कि भोली ।
मृत्यु के ले, कस्लाई थाहा रोग या गोली ।

समय सधै सहि नै हुन्छ माया गर्छु भन्न । 
मनमा भाका सारा कुरा आजै भन टन्न ।
यो जिवनमा प्रेम दिवश आउँछ आउदैन, 
मनको कुरा मुखले बोल्न पाउँछ पाउँदैन ।
किन कि 
जिन्दगीको के भर, आज हो कि भोली,
मृत्यु के ले,कस्लाई थाहा रोग या गोली ।

आफुलाई खुशी पार्न दुखाई अर्को आत्मा,   
निमेषका ति सन्तुष्टी के रहन्थ्यो साथमा ।
सबै भन्दा गाह्रो कार्य मनको बोझ थाम्न,
नकुर भोली,भोली गल्तिको माफि माग्न ।
किन कि 
जिन्दगीको के भर, आज हो कि भोली,
मृत्यु के ले,कस्लाई थाहा रोग या गोली ।

आजको दिन राखेर आन्द्राभुँडी खाली,
नसाच्नु भोलीलाई पाकिसकेको बाली ।
सकिदैन देख्न भोली, आजैको दिनमा,
अहिल्यै हो अन्त्य हाम्रो जिउँ क्षणक्षणमा ।
किन कि 
जिन्दगी को के भर, आज हो कि भोली,
मृत्यु के ले, कस्लाई थाहा रोग या गोली ।

रुने, हास्ने, कराउने, घृणा र मन पराउने,
तराई, पहाड, हिमाल र भिरपाखामा हराउने ।
मनका सबै भावहरु अनुभुत गर मर्नु अघि, 
शरिरलाई यतै छाडी आत्मा अन्तै सर्नुअधि ।
किन कि 
जिन्दगी को के भर, आज हो कि भोली,
मृत्यु के ले,कस्लाई थाहा रोग या गोली ।

No comments:

Post a Comment

तिमी गयौ सबथोक गयो

तिमी गयौ कसैलाई खबरै नगरी, जाँदाजाँदै चैनका प्रहर लग्यौ ।  आफ्नाहरुको माझमा, हाँस्ने खेल्ने रमाउने, सपना र रहर लग्यौ ।  ...