Monday, June 25, 2012

अधुरो प्रेम


म तिमीलाई कहिल्यै कतै, याद आउन सकिँन ।
त्यो मुटुमा एउटा, सानो ठाँउ पाउन सकिँन ।


देखेकी थिएँ धेरै सपनाहरु,आँशुसँगै बगेर गए,
फेरी अर्को नयाँ सपनाको, गित गाउँन सकिँन । 


खोलेर दिल तिमीसँग, न त कहिल्यै हाँस्न पाएँ,
राखेर शिर छातिमा ,आँशु पनि बगाउन सकिँन । 


लागेन भोक, उड्यो निन्द्रा, छोडेर तिमीले हिड्दा,
लाखौ कोशीस गरेँ, तिम्रो सम्झँना भगाउन सकिँन। 


मरीसकेँ भनौ भने, चल्दैछन् साँस र धड्कन अझै,
बाचेँकी छु भनौ, पुरानो पबीलाई जगाउन सकिँन । 

8 comments:

  1. राम्रो छ । कतै यथार्थपरक गजल त हैन होला नि !!!!!!!!!!!!!!!!!!

    ReplyDelete
  2. मरीसकेँ भनौ भने, चल्दैछन् साँस र धड्कन अझै,
    बाचेँकी छु भनौ, पुरानो पबीलाई जगाउन सकिँन ।
    Realistic jastai cha.

    ReplyDelete
  3. लागेन भोक, उड्यो निन्द्रा, छोडेर तिमीले हिड्दा,
    लाखौ कोशीस गरेँ, तिम्रो सम्झँना भगाउन सकिँन। Babbal cha ni hau

    ReplyDelete
  4. मनमा मार्मिक शब्दहरुले चिसोपन ल्याइदियो, हृद्यघातको सङ्हारमा पुर्याइदियो ।

    ReplyDelete
  5. Bhoge maile pani yastai sabda ko anubhob. Polcha mutu- aba zindagi bhar malam laula....

    ReplyDelete
  6. thank you for writing this poem. it means so much to me.

    ReplyDelete
  7. Thank U all for ur kind comments !

    ReplyDelete

तिमी गयौ सबथोक गयो

तिमी गयौ कसैलाई खबरै नगरी, जाँदाजाँदै चैनका प्रहर लग्यौ ।  आफ्नाहरुको माझमा, हाँस्ने खेल्ने रमाउने, सपना र रहर लग्यौ ।  ...