Saturday, September 29, 2012

मिठो पिडा


काउकुति लगाउने स्पर्श मिठो लाग्यो । 
निन्द्राबाट जगाउने उत्कर्ष मिठो लागयो ।

सधै यस्तै खुसी, पाइरहूँ लागेको थियो,
क्षणभरकै भएपनि त्यो हर्ष मिठो लाग्यो ।

केहिपटक मात्र, मिलन हाम्रो हुन सक्यो,
भेट्नलाइ गरेका ति संघर्ष मिठो लाग्यो ।

तिमीसँग अझै नजिक, हुन बाँकि नै थियो,
मलाई छोड्ने तिम्रो निष्कर्ष मिठो लाग्यो 

सोचेकै थिइन तिमी बिना, मैले बाच्नु पर्छ,
तिमीले दिएको पिडादायि बर्ष मिठो लाग्यो

4 comments:

  1. गजब, मन पर्‌यो

    ReplyDelete
  2. कति सरल र कति मिठो हो यो गजल ,
    लालमोहन र रसभरी भन्दा पनि मिठो लाग्यो।

    ReplyDelete
  3. Thanks Pagal Basti ji & अलङ्कार अर्याल ji .

    ReplyDelete
  4. जे होस् पवि भित्रको साहित्य लाइ मान्नै पर्छ मनका बिचार लाइ सब्दमा उनेर जसरि मेरो दिल सम्म सालल बग्न सक्नु नै साहित्यको बिसेसता यसमा भएको जस्तो लाग्यो /बधाई छ अरु पनि हेर्न पाइयोस

    ReplyDelete

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...