Thursday, August 23, 2012

सहयात्री


यो जिवनको साथी हो को के जानु र म ।
छ ऊ कुन चिजको भोको के जानु र म ।

सुख सयालमा हुर्किएर मात्तिएको छ कि,
या पिडा र अभावमा रोको के जानु र म ।

सजिएका छन् कि सपना उस्का मुटुभरि,
या छ चोटै चोटको पोको के जानु र म ।

ति आँखामा रहन्छु कि तस्विर बनेर म,
या हुनेछु आँशुको फोको के जानु र म ।

आँउनेछौँ कि समिपमा दुरी कतै नराखेर,
या हुनेछौँ हामी को- को के जानु र म ।

बरालिएर उस्ले आफ्नो इज्जत फालेको छ, 
या छ अति मायालु र चोखो के जानु र म ।

12 comments:

  1. यो जिबन तिम्रै लागि साचेको छु
    तिम्रै लागि हरदम बाचेको छु
    दोधार म रैछौ तिमि आफै
    आज छोडी जादा पागल झेई हासेको छु

    ReplyDelete
  2. Nice refreshing poetry. It takes some guts to create such a beautiful piece. Kudos.
    @BCarkey

    ReplyDelete
  3. आँउनेछौँ कि समिपमा दुरी कतै नराखेर,
    या हुनेछौँ हामी को- को के जानु र म । wowwwwwwwww keep it up dear

    ReplyDelete
  4. Thank U Very Much @BCarkey & jayanti paudel:):)

    ReplyDelete
  5. ekdum ramro lagyo .. jo bhaye ni jasto bhaye ni timlai dherai maya garcha herirakha na..

    ReplyDelete
  6. शब्द संयोजन मज्जाको छ । :)

    ReplyDelete
  7. Thanks सबिन एकतारे Ji & heeratamang JI :):)

    ReplyDelete

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...