Monday, February 25, 2013

मिलन बिछोड


तिमी जादाँ छोडेर मलाई मन यो साथमा लिएर गयौ ।
मैले मात्र काहाँ होर आशुँ तिमी ले पनि पिएर गयौ ।

भक्कानो मुटुमा उता पनि फुट्यो यता पनि फुट्यो,
बिछोडमा फुटेको मुटु मिलनको आसले सिएर गयौ ।

नभुल्नु है प्रिये फर्केर आउछु,पर्खेर बस भनेर मलाई,
बिस्वास गाढा यो मनभरी सुटुक्क तिमीले दिएर गयौ ।

जुधेनन आखाँ लाजले हाम्रा मरेन धित हेरेर तिमीलाई,
मिठामिठा सपना र बातमा जिवन मसगँ जिएर गयौ ।

बिस्वास तिमीमा भरिदिए मैले,मबाट घात हुनेछैन भनि,
मनै त हो नि तिम्रो पनि, शंकाको बोझले खिएर गयौ । ♥


2069/11/3 14th feb 2013

3 comments:

  1. पुरै मसँग भनेजस्तो पाएँ, राम्रो घ
    धेरै राम्रो यसलाई कायम राख्नुस् ।
    "जुधेनन आखाँ लाजले हाम्रा मरेन धित हेरेर
    तिमीलाई, मिठामिठा, "

    ReplyDelete
  2. हन कता मात्रै लेख्न सक्या भन्या....फलाम छोए सुन हुन्छ भन्ते हो र च

    ReplyDelete

ओइ, तिमी काहा छौ आजभोलि?

ओइ, तिमी काहा छौ आजभोलि?  न कुनै खबर, न कुनै सन्देश, के पर्‍यो त्यस्तो, जसले तिमीलाई यति टाढा लग्यो? शब्दहरू बोझिला भए कि मौनता नै सजिलो लाग...