Tuesday, July 2, 2013

पगली पबी

तिमी हिड्ने बाटोमा आजिवन काडा बन्दिन म ।
लड्दा साथ दिउला तर खाडल चाहि खन्दिन म ।

निरन्तर माया  गरिरहन्छु म जति पर भए पनि, 
त्यो सिवाय अरु केही गर्न पनि त जान्दिन म ।

माया मलाई गर या नगर गुनासो केही रहन्न, 
खन्याउँला म आफ्नै प्रेम नापतौल गन्दिन म ।

जत्रोसुकै भिडमा पनि एउटालाई मैले चुन्न परे,
पहिल्याउछु सुवास तिम्रो,अरु कोही छान्दिन म ।

माया गर्छौ माया गर, ज्यान लिन्छौ ज्यान लेउ,
मर्न पनि तयार छु , मृत्युको डर मान्दिन म ।

आँट तिम्ले गरेको भए, साथ मैले दिने नै थिएँ,
समाजको बाधाअड्चन केही प्रमुख ठान्दिन म ।

9 comments:

  1. यो पढेसि त रोम्यो र जुलेट बेक्कार पढेछु नि नारान जस्तो भैगोनि.....

    ReplyDelete
  2. bhane pachi ma sachhai nai pagali chu hai dai.. thaks :)

    ReplyDelete
  3. wow wow wow............. hundred likes......... :)

    ReplyDelete
  4. लु है दिदी लैलामज्नु पनी फ्लप होला जस्तो छ :D

    ReplyDelete
  5. Beautiful pavi...
    ur way of expression is really Good...
    ani timro sundarta pani :)

    Khoi kina ho, thaha chhaina prem ma sadhai kina yesto hunchha, but these are the way of maturity and improvenment of life, haina ra?

    Keep SMiling, Keep Penning...

    ReplyDelete
  6. आज फेरी पनिनेस खोजे
    तुइतर मा के के खोज्दै थिए
    खोई किन पबिकै ब्लग रोजे|

    मैले धेरै पहिले देखि हेर्ने गरेको एउटा राम्रो ब्लगहरुमा यो पनि एउटा हो|

    ReplyDelete
  7. पबी जी लेख धेरै राम्रो छ भबिश्यमा साहित्यकार बन्ने मौका नगुमाउनुस ।

    ReplyDelete

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...