Monday, August 25, 2014

मायाको गाँठो










सम्झेर मात्र मायालुलाई नपुग्ने रहेछ मायामा । 
बाहिरी चोट जत्रो भए नि नदुख्ने रहेछ मायामा। 

कसैलाई पत्तै नदिई खुसुक्क प्रिती गासें पछि,
रहस्य जति छोपे पनि नलुक्ने रहेछ मायमा । 

दुईटा मुटु बाध्नलाई लहरा डोरी केही नचाहिने, 
कस्सिए पछि एकपटक नफुक्ने रहेछ मायामा । 

तगारो अनेक तेर्साई रोक्न खोज्छन् प्रेमका दुश्मन,
पहाड नै खसे पनि शिर, नझुक्ने रहेछ मायामा । 

मिलनमा, बिछोडमा, दुखमा, सुखमा, अनि यादमा
आँशु जति नै बगाए पनि  नसुक्ने रहेछ मायामा ।


बिद्रोह कतिकति परिवार, आफन्तहरु र समाजको,
भरोसामा अडिएको सम्बन्ध नरुक्ने रहेछ मायामा ।

1 comment:

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...