Monday, June 10, 2024

हाउसवाईफ

अलामसँगै उठेर भान्छा सम्हाल्यो 

खानाखाजा बनाएर सन्तान अंगाल्यो 

छोराछोरी तयार पारी स्कुल पठायो 

चिया पाक्यो हजुर भन्दै श्रीमान् जगायो 

चिया पिउँदै पत्रिका पढ्नुहुन्छ वहाँले 

बाहिरबाट बोलाउनुभो सासु मुवाले 

 ससुरालाई सुगर सासूलाई थाइरोइड 

सबैलाई ट्वाक्क पिरो नन्दलाई बोइल्ड  

बिहानको खाना सकियो अब फेरी खाजा 

साँझको बजे नै भात चाहिन्छ ताजा 

अफिसबाट श्रीमान् आए लखतरान परेर 

दिएँ मैले चिया पानी तयार गरेर 

छोराछोरी खुवाएर होमवर्क पनि गराएँ ।

सुत्नेबेलासम्म मैले १२ है बजाएँ  

ओहो भोली बिहान मैले छिटो उठ्नु  

बुढीसासू लिएर अस्पताल पुग्नु  

फेसबुकमा फोटा हेर्छु साथीसँगी घुमेको 

पढिलेखी जागीर गरी शिखर चुमेको 

सबै जना सोध्छन् कसो गरी कट्छ दिन  

श्रीमान्ज्यू भन्नुहुन्छ घरमै बस्दछिन्   

सबको खुसी, स्वास्थ्य अनि गर्नुपर्छ सबको काम ।

तर मेरो केही नगरी घर बस्नेमा आउँछ नाम 

सबै जान्छन् कमाउन, सबै जान्छन् रमाउन 

हजुर सधैं व्यस्त डाडु पन्युँ समाउन 

मैले गर्ने कामको नाम  दाम

हजुर हाउसवाईफ त्यही मेरो सर्वनाम ।

 

No comments:

Post a Comment

हाउसवाईफ

अलामसँगै उठेर भान्छा सम्हाल्यो   । खानाखाजा बनाएर सन्तान अंगाल्यो   । छोराछोरी तयार पारी स्कुल पठायो   । चिया पाक्यो हजुर भन्...