Monday, July 30, 2012

असफल प्रयास

पाइला जँहा राखे पनि भासीरहेको छ ।
संगालेका सपना सारा नासीरहेको छ ।

चोटहरु बगी जाउन भनि रोइरहेकी छु,
झन गाढा बनी मनमा टाँसीरहेको छ ।

हृदयलाई बहलाउन एकैछिन हाँस्न खोजें,
हाँसो भित्रै रोदनले नाता गाँसीरहेको छ ।

मुक्ति पाउन चाहें उराठलाग्दो जीवनदेखि,
जति निस्क्यो उति उति उदासीरहेको छ ।

मरिच आफ्नै रागले चाउरी परे जस्तै,
आफ्नै रागले जिन्दगी यो झासीरहेको छ ।

2 comments:

  1. जिउछु भनि सुस्त सुस्त संगालेको थियौ त्यो योवन
    थोपा थोपा संगालिएको, त्यो जीवन मासी रहेको छ

    भेट भयो यो दुखमा किन बर्बाद पार छेउ आफै
    दुख साट्न भनि रोदन जीवन साची रहेको छ

    असफल कुरा छोडी अब सफल बनाउन हिड्नु पर्छ
    तिमी र मलाई संगै हेर्न पर्खी खुसि हाँसी रहेको छ

    यता हेर उता हेर वरी परि जता ततै गुलाबी छ संसार
    लौ सुन सुन भन्ज्यांग मा कोइली प्रित गीत गाई रहेकोछ

    [replied by rodan; please no offense juss trying to reply pretending in postitive way ;) and the reply is not edited]

    ReplyDelete
    Replies
    1. How Sweet Creation I Got As A Comment. Thanks :)

      Delete

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...