Sunday, July 15, 2012

जिन्दगी

छोरी भएर जन्मनु नै काँडा हो रे जिन्दगी ।
जेजे आए नि छाति थाप्ने डाडाँ हो रे जिन्दगी ।

एक न एक दिन पराई भित्ता पोत्न जानै पर्छ ।
माईतिघरमा दुईचारदिनको साँडा हो रे जिन्दगी ।

परम्परा र रितरिवाजमा जिवनभर बाधिनुपर्ने,
विहे अघिसम्म मात्र छाडा हो रे जिन्दगी ।

बालिका,किशोरी युवती हुदै बुढी भएपछि,
कसैलाई काम नलाग्ने भाडा हो रे जिन्दगी ।

जन्म घरलाई छोडेर कर्मघर लागेपछि,
पराईपरिवार धान्न पर्ने गाडा हो रे जिन्दगी ।

1 comment:

  1. तितो यथार्तता बोकेको रचना !! प्रयास धेरै नै तारिफ योग्य छ ! निरन्तरताको कामना है !

    ReplyDelete

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...