Saturday, October 25, 2014

मलाई स्विकार्य


परिस्थितीले सिकाएको पाठ, मलाई स्विकार्य ।
मायालुले नै लगाएको बात, मलाई स्विकार्य ।

मनले अह्यो, मैले जिएँ, पलभरको जिन्दगी,
होसको या बेहोसीको मात, मलाई स्विकार्य ।

छैन मलाई पश्चाताप मैले गरेका कर्महरुमा
सपनामा तिमी देखिएका रात, मलाई स्विकार्य ।

रहरहरुलाई सार्थक गर्न कल्पनामा म डुबिरहें,
सपना टुट्दा परेको आघात, मलाई स्विकार्य ।

मन दिएँ जस्लाई जिवन उसैलाई दिने अठोटें,
अस्विकारको कारण भो जात, मलाई स्विकार्य ।

आफ्नै कर्म, सोच र ब्यवहामा बिस्वास गर्थे म ,
तर आज भाग्यले गर्यो पक्षपात, मलाई स्विकार्य ।

दुनियाको पर्वाह नगरी जस्लाई मैले शिरमा राखें,
छातिमा उसैले हानेको  लात, मलाई स्विकार्य ।

No comments:

Post a Comment

ओइ, तिमी काहा छौ आजभोलि?

ओइ, तिमी काहा छौ आजभोलि?  न कुनै खबर, न कुनै सन्देश, के पर्‍यो त्यस्तो, जसले तिमीलाई यति टाढा लग्यो? शब्दहरू बोझिला भए कि मौनता नै सजिलो लाग...