Tuesday, June 20, 2017

तिमी गयौ सबथोक गयो















तिमी गयौ कसैलाई खबरै नगरी, जाँदाजाँदै चैनका प्रहर लग्यौ । 
आफ्नाहरूको माझमा, हाँस्ने खेल्ने रमाउने, सपना र रहर लग्यौ । 

बेहोसीमै मैले सोचे तिमीले केवल मेरो जीवन, उजाडेर हिड्यौ,
नजर घुमाएँ चाल पाएँ तिमीले मेरो गाउँ, र छिमेकी सहर लग्यौ । 
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

आफूलाई काबुमा राख्दै, लाला बाला सम्हालेपछि, गोठतिर लागेँ,
गोठको ठाउँमा गोठ थिएन, अनि लैनो गाई र दुधे बहर लग्यौ ।
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

दिउँसै अन्धकार, चारैतिर कोलाहल, मुख भिजाउन पानी खोजेँ,
पानीको भाँडा लग्यौ, धारा, लग्यौ, पँधेरा लग्यौ, अनि नहर लग्यौ । 
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

आएन काल घर लडेर चिता हुँदा पनि ज्यान बाँच्न सफल भयो,  ं
अब जिउने कसरी पहिरो गयो बाढी पस्यो गिट्टी कुट्ने बगर लग्यौ ।
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

घरबार सब माटो भएको बिजोग हेर्न नसकेर, आफैलाई मार्छु भनी,
एउटा सानो पोको खोजेँ, भेटिएन तिमीले त्यो मुसा मार्ने जहर लग्यौ ।
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ । 

मलाई लाग्थ्यो यो जगतमा दैव बाहेक शक्तिशाली, अरू केही छैन, 
शक्ति आफ्नो देखाएर, जिन्दगीभर पालेको, मेरो गलत ठहर लग्यौ ।
हाँस्ने, खेल्ने रमाउने सपना र रहर लग्यौ ।

जाँउ कहाँ जाँउ, आश्रय माग्न कता धाँउ, शाहुमहाजनको पनि घर लग्यौ 
हेर्दाहेर्दै एक निमेषमा मेरो सानो सन्सारबाट, खुसीका सारा लहर लग्यौ । 
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

No comments:

Post a Comment

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...