Wednesday, June 15, 2016

ओह~~ तिमी मस्तको बैमानी !

















केस केस्राबाट सुरु भएका स्पर्श
काउकुती लगाउँदै सर्दै–सर्दै गए ।
निधार, परेली, गाला र चिउँडो हुँदै,
सुस्तरी–सुस्तरी तलतिर झर्दै गए ।


वरिपरि कोही थिएनन् परपर सम्म । 
थियौ त केवल तिमी, अनि म,
तिम्रा मिठा स्पर्शहरूमा मधहोस्, 
यी आँखाहरू भइदिए झुम्म–झुम्म ।


तिम्रो उपस्थिति, तिम्रो प्रस्तुति,
दर्साऊँ कसरी, अनौठो अनुभूति ।
तिमी सर्दै गयौ, तिमी झर्दै गयौ ।
मेरा घाँटी, छाती, स्तन र नाभी हँुदै,
मलाई जिस्काउँदै, मलाई चिमोट्दै,
मेरो सम्पूर्ण वदनमा तिमी हाबी हुँदै ।


बन्द नयन मेरा, बन्द हुनै चाहिरहे ।
निरन्तर तिम्रो साथ शरीरभरि पाइरहेँ ।
पलभरमै तिमी, ममा चारै तिर फैलियौ ।
म मात्तिए, मैले दुनियाँलाई बिर्सिदिएँ ।
म तिम्रो नशाले, उम्लिएँ अनि बर्सिएँ ।


एकैक्षणमा तिमी रोक्कियौ, निथ्रियौ ।
तर मलाई निथ्रुक्कसँग भिजायौ ।
खैर, म यही नै चाहन्थे तिमीसित,
मलाई धीत मरुन्जेलले रिझायौ ।
बिस्तारै तिमी अलग्गियौ मबाट, 
मैले आँखा उघारेर हेरे यताउति ।
तिमी उघारिएर उज्यालो भएछौ, 
ममा अझै बाँकी थियो काउकुती ।


सरसरती सम्झिएँ पल तिमीसँगको,
लिएछु आनन्द मैले तिम्रो कुस्तै ।
मन हलुका, शरीर पनि हलुका, 
मुस्कुराएँ म, भिजेको वदन पुछ्दै ।
एकैक्षणमा तिमी अदृश्य भइगयौ ।
तर म अझै पनि, थिए पानी पानी ।


ओह~~~~ पानी, तिमी मस्तको बेइमानी ।
आह.~~~ पानी, तिमी मस्तको बेइमानी । 

Monday, June 6, 2016

मिठो अनुरोध !


















बादलझैं यि केशमा रमाउ तर हराएँ नभन । 
यात्रामा आउलान अनेक जंघार, डराएँ नभन।

मायाँ गर भन्यौ तिमीले, मायाँ गर्ने क्रममा 
रिस, घुर्की र आवेग पोखुँला, कराएँ नभन।

साथ तिम्रो म छोड्ने छैन, कुनै मोडमा पनि,
हात मेरा पनि थामिरहनु, लरखराएँ नभन ।

कहिले तिमी डोर्याउनु, कहिले म डोर्याउँला,
डोर्रिनुरडोर्याउनु त प्यार हो, चराएँ नभन ।

कहिले थकाई लाग्ला, कहिले बिरामी परुलाँ,
सहयोगी हात माग्दा काम , अराएँ नभन । 
यात्रामा आउलान अनेक जंघार, डराएँ नभन।

Sunday, April 24, 2016

वैशाख १२ मा बुबालाई चिठी

प्यारो बुबा,

हजुर बित्नुभएको पनि एक बर्ष भैसकेछ । भनिन्छ प्यारो मान्छेले छोडेर जाँदा एकपल पनि दिन झैं लामो लाग्छ । तर बुवा,हामीलाई यो एक बर्षका पलहरु दिन होइन महिना जस्तै लामो भइदियो । किन कि आफ्नै घरले किच्चिएर हजुर बित्नुभयो । हामीले भूकम्पमा हजुरलाई मात्र गुमाएनौं । हजुरसँगै हामीले घर र खाने लाउने सारा चिजबिज गुमाउनु पर्‍यो । हामी सडकमा बस्यौं । भुईंको ओच्छ्यान र आकाशछानो बन्यो हामीलाई । हामीले पेटभरी खान र रातभरी सुत्न पनि पाएनौं । छिनछिनमा आउने भूकम्पका धक्काहरुले गर्दा निन्द्राले लोलाएका आखाहरु झसङग हुन्थे । हामी चौरमै हुन्थ्यौं तैपनि जमिन हल्लियो कि आत्तिएर त्याहाँबाट चिच्याउँदै कताकता दगुथ्र्यौ । हामीले हजुरको यादमा धित मरुन्जेलसम्म रुन पनि पाएनौं । हजुरलाई सम्झेर रुने भन्दा पनि हामी अब काँ बस्ने, के खाने भन्ने कुराको चिन्ता भयो । हिजो आज स्थिति अलि सामान्य हुँदैछ त्यसैले होला हजुरलाई सम्झिरहन मन लाग्छ । त्यसैले आज हजुरलाई यो सब कुरा सुनाउँदै छु ।

Monday, February 1, 2016

साना–साना हाम्रा खुसी !!




















आउनु मेरो छेउमै बस्नु, मेरा थकान दुर हुनेछन् । 
मुस्कुराउँदै एक नजर हेर्नु, रिस चकनाचुर हुनेछन् । 

फकाउनेछु म पनि, अनेक रंग देखाउँदै तिमीलाई,
जब रिस,क्रोध र आवेशले तिम्रा गति क्रुर हुनेछन् । 

त्यो मनमा प्यार होस्, सम्मान गर्ने संस्कार होस्,
तिमीले देको पत्थर पनि मेरा लागि कोहिनूर हुनेछन् । 

भो कबि बन्न पर्दैन तिमी, न गित गुन्गुनाउनु पर्छ, 
प्रेमको भाषा बोल्नु तिमी, त्यही मिठो सुर हुनेछन् । 

भोकाएको तिमी थाकेकी म, मिलिजुली गरौंला काम,
हाम्रो भान्छामा कहिले खिचडी, कहिले तन्दुर हुनेछन् । 

साना–साना खुसी समेट्दै, जिन्दगी हामी बिताउँला, 
तिमी बिनाका पल मेरा, झुर भन्दा नि झुर हुनेछन् । 

राष्ट्रियता, जात, उमेर, उचाई र दुरीको के कुरा, 
तिम्ले चाहे, मैले चाहे, सब्ले मान्न मजबुर हुनेछन् । 

Wednesday, January 27, 2016

दुई शब्द !!
















दुई शब्दले मरिसकेको आत्मालाई बचाउँछ । 
दुई शब्दले नै छातीभित्र तिखो छुरा धसाउँछ । 

छुटी सकेका हातहरू, टुटी सकेका साथहरू,
दुई शब्द न्यानोले खस्किएको सम्बन्ध कसाउँछ । 

दुखेको मन, थाकेको बदन अनि रोइरहेका नयन,
दुई शब्दले आँसुमा रुझेका आँखाहरू हँसाउँछ । 

बाचा कसमका सुन्दर सुन्दर मालाहरू गाँसेँ पनि,
दुई शब्दले मुक्ति दिन्छ र दुई शब्दले फसाउँछ । 

बाहिरी आवरण जतिसुकै राम्रो होस या कुरूप, 
दुई शब्दले उसको नियत गन्हाउँछ या बसाउँछ । 

कसैको तितो दुई शब्द प्रहारले मरिसकेका सपना, 
अर्कोको मिठो दुई शब्दले, सपना फेरी जगाउँछ । 

हासों खुसी, प्रेम र घृणा बस दुई शब्दको खेल,
दुई शब्दले चैन दिन्छ, दुई शब्दले चैन भगाउँछ ।

Sunday, December 27, 2015

श्रृजना


dedicated to dear friend SRIJANA 










सुख देखेकी, दु:ख बुझेकी ।
गुणहरुको, रसले रुझेकी ।
प्रतिभाकी धनी, कलाकी खानी ।
तिमी त हौ, प्रेरणाकी रानी ।
समभाव तिमीभित्र सब्को भावना ।
किनकी तिमी हौ फरक “श्रृजना”।

कहिले क्यानभासमा रंगहरु पोत्दै ।
कहिले कन्भर्समा खेल मैदान जोत्दै ।
भान्छामा रमाउने गर्दछीन बिदामा ।।
कहिले लुगा सिउने, मेसीन र फित्तामा ।
कहिले मिनिस्कट, डिस्को र डानस ।
छोडिनन् कहिल्यै खुसी हुने चानस ।
तिम्रो कन्ट्याक्टमा, हुने सब्को तिर्सना ।
किन कि तिमी, हौ फरक “श्रृजना”

भो अफिस र कामको, कुरा के लेराउनु,
अफिसमा त उनिसँग, पर्दथ्यो डराउनु ।
मिहेनतमा त उनि, सबेैभन्दा अघि ।
अफिस मै हुन्थिन्, डुबिसक्दा नि रबी ।
महिला र पुरुषमा अन्तर नदेख्ने,
अन्तर गरे कसैले, उस्लाई बिचारले लखेट्ने ।
हास्न हसाउन कसैले, तिमीसँग सिकोस् ।
तिम्रो जिन्दगी सृजु, हासोमा नै टिकोस् ।
सक्दैनौ हामी तिमीलाई, कहिल्यै बिर्सन ।
किन कि तिमी, हौ फरक “श्रृजना” ।

 न हेपिन रुचाउने, न हेपेर रमाउने,
आफ्नै मिहेनतले केही चिज कमाउने ।
चाहान र लक्ष्य तिम्रो, पुरा हुदै जावोस
तिम्रा सिप निखारिदै, छुरा हुदै जावोस् ।
जिवनको यात्रामा जाँहा पुगेपनि
हाम्ले टेक्ने धर्ती सधैं, एउटै हुनेछ ।
यति नजिक भइयो, याँहासम्म आउँदा,
तिम्रो हासो,पिडाले हामीलाई नि छुनेछ ।
बिश्वास छ हामीलाई तिमी माथि यति,
भयौ भने नि तिमी, बिजी अत्ति अत्ति ।
निकाल्छौ समय, हाइ हेल्लेको बाहाना,
किन कि तिमी, हौ फरक “श्रृजना”
किन कि तिमी, हौ  फरक “श्रृजना” 

Tuesday, December 1, 2015

जुन र उनी






Creator: Priyanka Singh 








जब टुकी निभाउन पर्यो, 
किताब बन्द गर्नुपर्ने बाध्यता भयो। 
तर इच्छा त हेर, 
अध्यारोमा टल्केको जुनलाई 
जान दिनन् उन्ले खेर ।
झ्यालबाट जुनको उज्यालो अंगाल्दै, 
पढ्थीन उनी किताबका शब्द भाका हाल्दै ।

पढ्नलाई धेरै परिस्थितीसँग उनी जुधीन् ।
आखिरमा एकदिन आफ्नै खुट्टामा उभीइन् । 
त्यसको लागि कष्ट कति कति उन्ले सहिन् । 
एक्लोपनमा उन्को, उनि आफै बनिन् साथी ।
कहिलेकाही उठ्छ प्रश्न उन्को आफ्नोपन माथी ।

होसमा या बेहोसीमा, या त हो फेरी खामोसीमा
उन्को त्यो पिडामा म पनि निदाउन सकिन ।
उन्को दुखको यो आभास, उन्को खुसीको सुवास,
कस्को होला त त्यो हात, जस्ले दिन्छ उन्लाई साथ ।
जब जुनलाई देख्छु उन्लाई सम्झिन्छू । 
जब उन्लाई देख्छु म जुनलाई सम्झिन्छू । 

सुन आमा, छोरी भ्रूणको कथा

सुन आमा , म आएकी थिएँ , तिमीभित्र। तिमी अस्पताल गयौ , केही कुरा गर्‍यौ , त्यसपछिबाट तिमी किन यति चुप भयौ ? म त खुसी थिएँ , तिम्रो कोख पाउँदा...