Tuesday, June 19, 2012

तिम्रो मिठो साथ

हेर्दा मात्र तिमीले मात लाग्छ मलाई ।
स्पर्श झन् नशाको खात लाग्छ मलाई ।


खेलाउँदै मनमा कुरा तिमीलाई सम्झिँदा,
औँशी पनि पुर्णिमाको रात लाग्छ मलाई ।


मायालु ति नयनका हेराइ साह्रै मिठा छन्,
त्यो भन्दा मिठो तिम्रा बात लाग्छ मलाई ।


छुट्टिनासाथ भेटुँ भेटुँ हुन्छ मेरो यो मनमा,
सधैँ सँगै रहुँ, तिम्रो साथ लाग्छ मलाई ।


मन परेको मान्छेले जे गरे नि राम्रो लाग्ने,
संरसारमै उच्च प्रेमको जात लाग्छ मलाई ।


3 comments:

  1. Wonderfully written, Well done! like it.

    ReplyDelete
  2. के भनू ? कसरी भनूँ ? पेा भयेा त, सृजनाकेा बखान । सेाझेा मान्छे सिधा भन्दा दामी छ । यस्तै अरू पढ्न पाइयेास् ।

    ReplyDelete

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...