Friday, June 22, 2012

तिम्रा निम्ति

छलेर आँखा आफन्तको तिमीलाई भेट्न झरेकी छु । 
फरक ढङ्गले सजिएर आज, सामुमा तिम्रो परेकी छु ।

केहीपल अड्याएर नजर, नियाली त हेर मलाई
तिम्रै निम्ति आँखामा गाँजल,ओठमा लाली भरेकी छु । 

यतिले मात्र श्रृङ्गार मेरो किन पुर्ण हुन्थ्यो र हजुर
फुल झैँ  कोमल बदनमा अत्तर पनि छरेकी छु । 

जिस्किँदै थिए, बाटोभरी यो रुपमा नजर लाउनेहरु,
कतै मुस्कान फ्याकेर हिँडे, कतै आँखा तरेकी छु । 

पाउँदा तिम्रो मिठो साथ, अनि दिन पाउँदा साथ
धेरै खुसी भएकी छु तर थोरै थोरै डरेकी छु ।

1 comment:

जन्मदिनको शुभकामना सानू !

पहिलो रुवाई , पहिलो मुस्कान अनि पहिलो हाँसो । तिमी आयौ सन्तानको रुपमा सपना भयो साचो ।  पहिलो बामे , पहिलो ताते पहिलो कदमको बर्ष , ...